मलंगवाबाट लागुऔषध सहित टेम्पो र चालक प्रहरिको नियन्त्रणमा

833
Friendship Mobile

सर्लाहीको मलंगवाबाट बुधवार बेलुकी टेम्पोमा लागु औषध ओसार्दै गरेका एक जना पक्राउ परेका छन । करिव साँडे ६ बजेको समयमा मलंगवा नगरपालीका ८ भगवती मन्दिर नजिकबाट टेम्पो रोकी चेक जाँच गर्ने क्रममा प्रहरिले सिटमुनी प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको हो ।

जिल्ला प्रहरि कार्यालय सर्लाहीबाट प्रहरि नायव निरिक्षक जितेन्द्र कुमार चौधरिको कमाण्डमा खटिएको टोलीले ज१ह २८१४ नम्बरको टेम्पो रोकी जाँच गर्ने क्रममा यात्रु बस्ने सिटमुनि बिभिन्न नामका ७२ एम्पुल लागुऔषध फेला पारेको हो । प्रहरिले लुपिजेसिक ९१ पिस, फेनेरागन ९३ पिस र डाईजेपाम ८८ पिस सहित नेपाली ४,५०० र २८० भारतीय रुपैयाँ समेत फेला पारेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेको टेम्पो, मलंगवा ९ बस्ने ३५ बर्षका दुखा रायलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिनुभएको छ ।