आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।
त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो। पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिए। दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो।
यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ। मन्त्रालयले दैनिक गर्दै आएको पत्रकार सम्मेलन आजबाट हप्ताको दुई दिन आइतबार र बुधबार मात्र सञ्चालन गरिने उनले जानकारी दिए।
भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको उनले बताए।
चीनले कोरोना भाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ। चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ।
केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो। त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए।
आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन्। त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीहरूले जनाएका छन्।
खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ।
यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ। खोपका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन। कम्पनीका प्रवक्ताले नियामक निकायहरूलाई भने आवश्यक विवरणहरू उपलब्ध गराइएको स्पष्ट पारेका आजको नागरिकमा खबर छ ।
सर्लाहीको मलंगवाबाट बुधवार बेलुकी टेम्पोमा लागु औषध ओसार्दै गरेका एक जना पक्राउ परेका छन । करिव साँडे ६ बजेको समयमा मलंगवा नगरपालीका ८ भगवती मन्दिर नजिकबाट टेम्पो रोकी चेक जाँच गर्ने क्रममा प्रहरिले सिटमुनी प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध फेला पारेको हो ।
जिल्ला प्रहरि कार्यालय सर्लाहीबाट प्रहरि नायव निरिक्षक जितेन्द्र कुमार चौधरिको कमाण्डमा खटिएको टोलीले ज१ह २८१४ नम्बरको टेम्पो रोकी जाँच गर्ने क्रममा यात्रु बस्ने सिटमुनि बिभिन्न नामका ७२ एम्पुल लागुऔषध फेला पारेको हो । प्रहरिले लुपिजेसिक ९१ पिस, फेनेरागन ९३ पिस र डाईजेपाम ८८ पिस सहित नेपाली ४,५०० र २८० भारतीय रुपैयाँ समेत फेला पारेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
लागुऔषध सहित पक्राउ परेको टेम्पो, मलंगवा ९ बस्ने ३५ बर्षका दुखा रायलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिनुभएको छ ।