२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

मिरमिरे युवा क्लवलाई खेल सामाग्री प्रदान

लालबन्दी, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर खेलाडीहरुलाई फुटबल, जर्सि र अन्य समाग्री प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ मा रहेको मिरमिरे युवा क्लवलाई वडा कार्यालयले खेल सामाग्रीसहित कार्यालय ब्यवस्थापनका लागी आवश्यक सामाग्री प्रदान गरेको हो ।

आज बिहान भोर्लेनीमा एक कार्यक्रमका बिच वडाध्यक्ष गणेश थापा, वडा सचिव विष्णु गौतम, वडा सदस्यहरु तिलक घलान, संचर बहादुर सुनुवार, नगर खेलकुद परिषद सदस्य बिभुसिंह थापा लगाएतको उपस्थितीमा मिरमिरे युवा क्लवका अध्यक्ष सुमन वाईबालाई सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा समाजसेवी कृष्ण गौतम, राजु बुढाथोकी, गङगा बहादुर श्रेष्ठ, सरोज खड्का, हरी अधिकारी, जय गोले, भुवन विक्रम पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

क्लवकी सदस्य लक्ष्मी कार्किले संचालन गरेको कार्यक्रमका वक्ताहरुले खेल क्षेत्र र खेलाडीको सम्बद्र्धनका लागी सरकारले नै विशेष ब्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । देशको नाम विश्व सामु चिनाएका खेलाडीहरुसमेत देशमा टिक्न नसकेर विदेशिनुपर्ने बाध्यतालाई अन्त्य गर्न सकेमात्र खेल क्षेत्रलाई ब्यवस्थीत गर्न सकिने वक्ताहरुको जिकिर थियो ।

कार्यक्रममार्फत वडा कार्यालयले क्लवलाई १ थान दराज, १ थान टेबल, १० थान कुर्सी, १ थान घुम्ने कुर्सी, १५ थान जर्सी, ४ थान फुटबलसहित ट्रेनिङ सामाग्री प्रदान गरेको क्लवका अध्यक्ष वाईबाले बताए । खेलाडीलाई प्रोत्साहन गर्न र खेल अभ्यास गर्न सहज होस भनेर करिव ७० हजार बराबरको सामाग्री क्लवलाई प्रदान गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रममा क्लवका सदस्य सुनिल बम्जनले स्वागत मन्तव्य राखेका सचिव सुशिल बस्नेतले बताए ।

३ पटक लालबन्दी नगरको वडाध्यक्ष कप फुटबल प्रतियोगीता जित्न सफल मिरमिरे युवा क्लव सर्लाही जिल्लाको प्रशिद्ध फुटबल क्लव हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।