ज्वाईंले आगो लगाउँदा १ लाख बरावरको क्षति

275
Friendship Mobile

सर्लाहीको हरिवनमा नातामा ज्वाईं पर्ने ब्यक्तिले परालको टौवा र धानको भुसमा आगो लगाउँदा करिव १ लाख बरावरको क्षति भएको छ । हरिवन नगरपालीकाको वडा नम्बर १० मा बस्ने मिन बहादुर फुयालको घर नजिकै रहेको परालको टौवा र भुसमा सोही ठाउँ बस्ने जयराम कार्किले आगो लगाएका हुन ।

घरायसि झगडाका कारण सोमवार अपराह्न कार्किले आगो लगाएका प्रहरिले बताएको छ । आगलागीमा परि एउटा बाख्रा समेत मरेको छ । प्रहरि चौकी ढुग्रेखोलाबाट प्रहरि सहायक निरिक्षक महेन्द्र यादवको कमाण्डमा गएको ३ जनाको टोली, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगो लगाउने कार्कि भने फरार रहेको र उनको खोजी भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत एव प्रहरि नायव उपरिक्षक मदन कुवंरले जनाएका छन ।