हरिपुर्वा नगरपालिकाबाट विद्युत चुहावट गर्ने १२ जना नियन्त्रणमा

309
Friendship Mobile

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत पाँचौ दिन बिहिवार सर्लाहीको हरिपुर्वा नगरपालिकाबाट १२ जना ब्यक्तिलाई नियन्त्रणमा लिएर जरिवाना तिराइ छाडेको छ ।

जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत उनीहरूलाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकाहरुलाई एकपटकको लागि जनही ११ हजार रुपैया जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले जानकारी गराउनुभयो ।

उपप्रबन्धक यादवका अनुसार बिहान ४ बजे वितरण केन्द्रबाट इन्जिनियर रामानन्द सिंहको नेतृत्वमा गएका प्राधिकरणका कर्मचारी , नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले हरिपुर्वा नगरपालिका अन्तर्गतका गाउँहरुबाट १२ जनालाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा घरबाटै नियन्त्रणमा लिएको हो ।

होली पर्व परेकोले होली पछि पुनः यो अभियानलाई जारी राख्ने वितरण केन्द्र मलंगवाले जानकारी गराएको छ। वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपुरी , विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।