सामी परियोजनाले ग¥यो जिल्लाका पत्रकारहरुसँग छलफल

296
Friendship Mobile

सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामहरुकाबारेमा मंगलवार जिल्लाका संचारकर्मीहरुलाई जानकारी गराएको छ ।

संस्थाले लालबन्दीस्थित नमस्ते होटलमा एक कार्यक्रमका बीच सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा संचारकर्मीहरुलाई जानकारी प्रदान गरेको हो । सामी परियोजना अन्तर्गत संस्थाले जिल्ला प्रशासन कार्यालय मलंगवा तथा हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयहरुबाट ती कार्यालयहरुसँग समन्वय गरी सूचना केन्द्र संचालन गरिरहेको छ ।

सो सूचना केन्द्रबाट प्रशासनमा राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रियालगायतबारे जानकारी प्रदान गर्दै आएको छ । तीन स्थानका सूचना केन्द्रबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारबारे सूचना लिएका परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।

परियोजना संयोजक कार्की र संस्थाका दिवाकार झाले संयुक्त रुपमा संचारकर्मीहरुलाई परियोजनाका कामहरुकाबारेमा प्रष्ट पारे ।

सूचना केन्द्र संचालनका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने, तरकारी खेती तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्नेजस्ता काम गर्दै आइरहेकोको संस्थाले जनाएको छ ।