उद्योग वाणिज्य संघ लालबन्दीको सातौँ साधारणसभा सम्पन्न

636
Friendship Mobile
  • राज बिश्वकर्मा/लालबन्दी |

उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको विशिष्ट आतिथ्यतामा उद्योग बाणिज्य संघ लालबन्दीको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

लालबन्दी नगरपालिका ६ स्थित विणा चलचित्र मन्दीर (सिनेमा हल)मा भएको सातौँ वार्षिक साधारण सभामा छिमेकी उद्योग बाणिज्य संघका अध्यक्षहरु, करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख, लालबन्दी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु लगायत उद्योग बाणिज्य संघ लालबन्दीमा आवद्ध निजि क्षेत्रका व्यापारी व्यासायीहरु र उद्योगपतिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले उद्योग बाणिज्य संघ लालबन्दी र लालबन्दी नगरपालिकाको सम्बन्ध नङ्ग र मासुको जस्ते रहेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ लालबन्दीलाई लालबन्दी नगरपालिकाले सकेको सहयोग गर्ने बताउँदै उहाँले अहिलेको कार्य समितिले आफ्नै भवन निर्माण गरि कार्यालयको सेवा सुभारम्भ गरेको प्रति उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार ज्योशी र उहाँको टिमलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।

यसका साथै उद्योग वाणिज्य संघ लालबन्दीले आईतवारबाटै आफ्नो नयाँ भवनबाट कार्यालय सञ्चालन गरेको छ ।