जलेको प्रेम

325
Friendship Mobile

किन मन अत्तालीन्छ
किन मुटु पोल्छ
भित्र भित्र दुख्छ कता
किन छाती पोल्छ ।

त्यो माया होईन
भन्थ्यौ स्वार्थ लुकेको छ
आँखामा आँसु छैन
तर मुटु जलेको छ ।

तिमी साथै थियौ
बुझ्न सकिन त्यो प्रेम
अहिले कहाँ छौ
झन बढ्दै छ प्रेम ।

तिमी महान थियौ
स्विकार्छु म आज
तिमी प्रेम थियौ
बुझ्दै छु म आज ।

किन पछुताउँ प्यारि
प्रेमको पाप लाग्ने छ
हालको हालत देख्छौ ?
तिम्लाई दया जाग्ने छ ।