फेरि जंगली हात्ति आतंक : लालबन्दीमा ३ घरमा क्षति

590
Friendship Mobile

जंगली हात्तीको समूहले आइतवार राती सर्लाहीको लालबन्दी नगरपालिका ११ बाहुनी भन्ने स्थानमा तीनवटा घरमा सामान्य क्षति पु¥याएको छ ।

शनिवार राती लालबन्दी नगरपालिकाको वडा नं. १६ तिनघरे क्षेत्रमा एक्कासी देखा परेका जंगली हात्तीको समूह गतराती बाहुनी क्षेत्रमा देखा परेका हुन् । राती अचानक हात्ती आएर घरमा क्षति पु¥याउन थालेपछि स्थानीयमा भागाभाग मच्चिएको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी र वनका कर्मचारी राती नै घटनास्थलमा पुगेर हात्ती धपाउन सहयोग गरेका थिए । हात्तीले यसअघि तिनघरे क्षेत्रमा पनि केही घर, केरा बगैंचा र फुटबल चौरमा गाडिएको पोलमा क्षति पु¥याएको थियो ।