सर्लाहीको नवलपुरका कर्णले गरे सिलौटाले हानेर श्रीमतीको हत्या

1,945
Friendship Mobile

सर्लाहीको नवलपुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । लालबन्दी नगरपालीका २ नवलपुर पुनर्वास घर भएका बिजयलाल कर्णले मसला पिध्ने सिलौटोले हानेर श्रीमती उशादेवी कर्णको हत्या गरेका हुन ।

आईतवार राती करिव साँडे ११ बजेतिरको समयमा घरायसि बिवादका बिच कर्णले श्रीमतीलाई सिलौटाले टाउकोमा प्रहार गरेका थिए । करिव ३५ बर्षका कर्णको सिलौटा प्रहारबाट बर्ष ३२ की श्रीमतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

कर्णलाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालयका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुँवरले जानकारि दिए । कर्ण दम्पती हरिवन नगरपालीका ११ स्थित रामवली साह तेलीको घरमा डेरा गरि बस्दै आएको थियो ।