कैलालीमा ५ जना कोरोना संक्रमितको मृत्यु

265
Friendship Mobile

कैलाली। कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ। अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ। त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिए। उनका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो।

उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन। अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताए। उनका अनुसार अस्पतालका बरण्डामा राखेर पनि बिरामीको उपचार भइरहेको छ।