कलैयामा दुई बालकको घाँटी रेटी हत्या

234
Friendship Mobile

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
स्थानीयहरुको अनुसार उनीहरुको शव मंगलबार बिहान मादर्शामा भेटिएको हो । दुई बालक सोमबार साँझ खेल्न गएको उनीहरुले फर्केका थिएनन् । 

corona ad nijgadh
स्थानीयका अनुसार एक जना ९ वर्षको उशमान अन्सारी र अर्का एक जना ७ वर्षका अमिन अन्सारी रहेका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहितको टोलि पुगेका छन् । 
मुचुल्का लिएर दुई जनाको शव पोस्टमार्टमको लागि पठाउने तयारी भईहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।