आन्दोलन गर्न पुगेका सर्लाहीका नेविसंघ नेताहरु काठमाण्डौँमा पक्राउ

279
Friendship Mobile

विभिन्न माग राख्दै विरोध प्रदर्शनमा उत्रिएका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । .

मंगलबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता एवं जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाका अध्यक्ष मनिष रायमाझी, मनिष सिंखडा, अन्जनराज खतिवडा, सञ्जिव ढकाल, सुवर्ण गौतम, मनिष खड्का, रमित खड्का लगायत विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

संसद पुनःस्थापना गर्नुपर्ने, कोरोना खोपको ग्यारेन्टी गर्नुपर्ने, विद्यार्थीलाई पढ्ने विकल्प दिनुपर्ने माग सहित नेविसंघका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।

नेविसंघमा क्रियाशिल रहँदै आएका हरिवन नगरपालिका–९ नयाँरोड निवासी मनिष रायमाझी जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाको अध्यक्षमा केही समय अघि मनोनित भएका हुन् ।