नेकपा(माओवादी) केन्द्र सर्लाहीले दियो लालबन्दी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ सामाग्री

325
Friendship Mobile

नेकपा(माओवादी) केन्द्र सर्लाही र सर्लाही काठमाडौ सम्पर्क मन्चद्वारा लालबन्दी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, नेकपा माओवादि सर्लाही जिल्लाका सचीव कमल बुढाथोकी लगाएतका जिल्ला नेता तथा कर्याकर्ताहरुको उपस्थितीमा रहेको थियो । स्वास्थ्य सामाग्रीहरुमा (पीपीई) १५ थान थर्मल गन ५ वटा पल्स अक्सो मिटर १० वटा कोभिड एजी किट २५० वटा फेस माक्स ५०० वटा र एन ९५ मास्क ८०० वटा रहेका छन् ।

त्यस्तै प्राथमिक स्वास्थ केन्द्रले सहयोग गर्नुहुने सबैलाई एक बिज्ञप्ती निकालि धन्यवाद ज्ञापन गरि आउँदादिनहरुमा अझ सहयोग आउने अपेक्षा गरेको छ ।

त्यसैगरी आवश्यकताको आधारमा इश्वरपुर, हरिपुर, चक्रघट्टा नगरपालिकाको स्वास्थ शाखालाई पनि आजैको दिन स्वास्थ सामाग्री हस्तान्तरण गरिएको युवा समाजसेवी तथा माओवादी केन्द्रका नेता श्याम श्रेष्ठले बताउनु भयो । श्रेष्ठले आफुहरु सहयोग गर्न जहिले पनि तयार रहेको बताउदै भोलि पनि बाग्मती, हरिवन र बरहथवा नगरपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

स्वास्थ सामग्री नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं नेता नारायणकाजी श्रेष्ठ र सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहाल लगायतका नेताले सर्लाही सम्म ल्याउनु सहयोग गर्नुभएको थियोे ।