लालबन्दी नगरपालीकाका २५० बिपन्न परिवारका लागी ट्रान्सफर्म नेपालको खाद्यान्न सहयोग

260
Friendship Mobile

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा मंगलवार कोरोनाबाट प्रभावित १०० बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गरिएको छ ।

चाईना फाउन्डेसन फर प्रोभर्टि एलिभेसन CFPA र ड्रप अफ लाईफको सहयोगमा ट्रान्सफर्म नेपालले १५ नम्बर वडाको कटहरबोट र सतभैयाका १०० परिवारलाई खाद्यान्न सहयोग गरेको हो । कोरोना भाईरस (कोभिड १९) प्रभावित परिवारका लागी संस्थाले २ केजी दाल, खाने तेल तथा साँडे १२ केजि चामल सहितको खाद्यान्न राहत स्वरुप प्रदान गरेको हो ।

राहत पाएपछि कटहरबोटकी बिन्दा कार्किले काम गर्ने वातावरण नभएर समस्यामा परेको बेला संस्थाले सहयोग गरेको भन्दै सहयोगी संस्थालाई धन्यवाद प्रकट गरेकी थिईन ।

संस्थाले लालबन्दी नगरपालीकाको कार्यपालीका सदस्य सरिता थामिको उपस्थितीमा राहत स्वस्प बिपन्न परिवारका लागी खाद्यान्न सहयोग गरेको ट्रान्सफर्म नेपालका नहकुल राईले जानकारि दिनुभयो ।

उहाँका अनुसार लालबन्दी नगरपालीका वडा नम्बर ३ को ४०, वडा नम्बर ९ को ८०, वडा नम्बर १४ को ३० र १५ को १०० परिवार गरि जम्मा २५० बिपन्न घर परिवारका लागी संस्थाले सहयोग गरेको छ ।