कांग्रेस नेता शम्भु बुढाथोकीद्वारा स्वास्थ्य सामग्री वितरण

366
Friendship Mobile

निजगढ : नेपाली काग्रेस बारा जिल्ला संगठन विभाग प्रमुख शम्भु बहादुर बुढाथोकीले आफ्नो पहलमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । दोस्रो सविधान सभा सदस्यका निर्वाचनका प्रत्याशि समेत रहेका बुढाथोकीले बुधबार विभिन्न क्षेत्रको लागि करिब ६ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

निजगढ नगर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका भरिका २७ विद्यालय, तीन वटै सुरक्षा निकाय र सञ्चारकर्मीको लागि सेनिटाईजर, मास्क, ग्लोब्स, थर्ममिटर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा नेता बुढाथोकीले विद्यालयका प्रअ, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख, बारा जिल्ला ट्राफिक प्रहरी कार्यलय निजगढका प्रमुख तथा सशस्त्र प्रहरी बेश क्याम्प निजगढका प्रमुख, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी लगायतलाई हस्तान्तरण गरेका हुन् ।

उनले यसअघि बारा जिल्ला क्षेत्र नम्बर १ का सबै स्थानिय तहहरुलाई यो भन्दा अगाडि नै कोरोना सक्रमणबाट बच्नको लागि करिव १० लाख बराबरको स्वस्थ्य सामाग्री वितरण गरेका थिए । जनताको सेवामा सदैव तत्वर रहेको बताउँदै बुढाथोकीले विद्यालय खुल्नै लाग्दा विद्यालय जस्तो भिडभाड हुने स्थानमा कसैले पनि ध्यान नदिएको भन्दै निजि पहलमा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

उनले यो माहामारिमा अग्रपंक्तिमा खटेर काम गर्ने सुरक्षा निकाय र सञ्चारकर्मीलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेका छन् । राज्यले नै गर्न पर्ने यस्तो काम राज्य सञ्चालनको जिम्मा लिगेकाहरु निजि स्वार्थमा लागेकोले आफुले हेरेर बस्न नसकेकोले आफुले सकेको सहयोग गरेको नेता बुढाथोकीले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस निजगढ नगर सभापति महेशी कुवर नगर उद्योग वाणिज्य सघ निजगढका संयोजक रामकृष्ण नेपाल, लाईन्स क्लब अफ निजगढका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल शिक्षक संघका सियाराम कुमर लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेपाल चलचित्र विकाश बोर्ड समितिका सदस्य भाईकाजि श्रेष्ठले गरेका थिए ।