लायन्स क्लव अफ निजगढ सिटी द्वारा हेलम्बुलाई राहत सहयोग

789
Friendship Mobile

आज लायन्स क्लव अफ निजगढ सिटीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा गएको बाढीपीडितको लागि खाद्यान्न सहयोग गरेको छ ।
लायन्स क्लव इन्टरनेसनल 325 A2 अन्तर्गत रहेको निजगढ नगरपालिकाको लायन्स क्लब अफ निजगढ सिटीका पदाधिकारीको आन्तरिक सहयोगबाट २५के. जी. को चामल ७० बोरा (१७.५० क्यून्टल) र निजगढका समाजसेवी प्रमोद सिग्देलबाट २५के.जी. को ५ बोरा (१.२५ क्यून्टल) गरी जम्मा १८.७५ क्यून्टल चामल हेलम्बु गाउँपालिकाको लागि मेलम्ची पुगि सहयोग गरिएको छ । नेपाल सरकारले राहत एकद्वार प्रणाली द्वारा गरिएकोले आज मेलम्चीको नेपाली सेनाको ब्यारेकमा पुगि मेलम्ची नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रुद्र प्रसाद दुलाल रोहबरमा हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मीको नेतृत्वमा लायन्स क्लव अफ निजगढ सिटीका सदस्यहरू उक्त मेलम्चीमा पुगि स्तलगत निरीक्षण समेत गरेका थिए । क्लबका पास्ट प्रेसिडेन्ट खड्ग प्रसाद उप्रेती क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट विष्णु गोपाल रिसाल, सेक्रेटरी दिलीप यादव, सदस्य खड्ग राज मैनाली,नवीन खनाल, मुकुन्द विष्ट, अनिस पोख्रेल, प्रमोद सुवेदी,राजेश चौधरी समेत उक्त हस्तान्तरण कार्यक्रममा उपस्थित रहेका थिए ।
लायन्स क्लव अफ निजगढ सिटीले निजगढ नगरपालिकामा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको र अहिले पनि यस दुःखद घडीमा सहयोग गरी ” पहाडमा बाढी आउँदा मधेशले देख्नुपर्छ, मधेशमा हुरी आउँदा पहाडले छेक्नु पर्छ ” भन्ने कुरा चरितार्थ गरेको छ।