जिल्ला अस्पताल गौरमा डा.साहको मनोमानी, करोडौँको घोटाला

460
Friendship Mobile

जितेश यादव, रौतहट – जिल्ला अस्पताल रौतहटमा कार्यरत डा.कृष्ण साहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्दै आएको गौर अस्पतालका व्यवस्थापन तथा संचालक समितिका सदस्य ओमप्रकाश साहले आरोप लगाएका छन ।

जिल्ला अस्पतालाई यस आर्थिक वर्षमा प्रदेश सरकारले करिब १ करोड ७० लाख बराबरको टेण्डर दिएको छ । तर प्रक्रियामा नगई आफ्नो निजि स्वार्थ पूरा गर्न खोजेको र कार्यालय मातहत खर्च गरिने रकमको सम्पुर्ण कागजातहरु डा. साहले स्वंम राखि कार्यालयमा समेत नराखेको सदस्य साहको आरोप छ ।

कुनै पनि कार्यालयको प्रमुखले स्वंम प्रत्यक्षरुपमा सम्पुर्ण कार्य गर्न सक्दैन तर डा.साहले आफ्नो कार्यमाथि पर्दा राख्न फोकल पर्सन एवंम कार्यसम्पादनको जिम्मेवारी लिएका छन् । कर्मचारीहरुको काम आफै गर्दै आएका साहसँग कार्यहरुको योजना बारे समिक्षा बैठक बस्दा समेत डा. साहको अनुपस्थित रहेको र भ्रष्टचार रोक्नका लागि व्यवस्थापन समितिले पटकपटक पत्र पठाए पनि डा.साह अटेरी गरेको व्यवस्थापन समितिका सदस्य साहले गुनासो गरे ।

औषधी लगायत विभिन्न सम्राग्री खरिद गर्न प्रदेश २ सरकारबाट आएको १ करोड ५० लाख रकमको हिसाब जिल्ला अस्पतालका मेसु डा. साहले पारदर्शी नगरेको व्यवस्थापन तथा संचालक समितिका सदस्य साहले बताए ।

गौर अस्पतालका व्यवस्थापन तथा संचालक समितिले प्रदेश एंवम केन्द्र सरकारबाट आएको रकम बारे औषधी खरिद भएको विवरण देखाउन माग गर्दा डा. साहले ईन्कार गर्दै आएको सदस्य साहले प्रस्ट पारेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोश्रो भेरियन्ट नियन्त्रण तथा रोकथामका लागि रौतहटका प्रत्येक पालिकालाई ५ लाखको दरले रकम हस्तान्तर गर्नु पर्नेमा डा.साहले केहि विवरण नदिएको सदस्य साहले बताए ।