बैंकका कर्मचारीहरु द्वारा विरोध जुलुस

285
Friendship Mobile

बारा/निजगढ
     योगदानमा आधारित सामाजिक सुरक्षा बाध्यात्मक बनाइएको भन्दै निजगढ नगरपालिकामा बैंकका कर्मचारीहरुले विरोध जुलुस गरेका छन् ।
    विरोध जुलुस निजगढ नगरपालिकाको शहीद चोकबाट शुरू भई बजार क्षेत्र परिक्रमा गरि पुनः शहीद चोकमा समापन भएको  थियो । सिटिजन बैंक,प्राइम बैंक,ग्लोबल बैंक, इन्भेष्टमेण्ट बैंक,कुमारी बैंक,बैंक अफ काठमाण्डू,प्रभु बैंक,माछापुछ्रे बैंक, एन सी सी बैंक,युनाइटेड फाइनान्स लगायतका वि एम लगायत कर्मचारीहरुको सहभागी रहेको थियो “सामाजिक सुरक्षा कोष पछाडि हट” भन्दै ब्यानर र प्ले कार्ड लिई  नारा लगाइएको थियो I


  आफूले खाइ पाई आएको सेवा सुविधा कटौती गरिएको र सामाजिक सुरक्षा कोष कर्मचारी हित विपरित भएको हुनाले विरोध जुलुस गरिएको हो र देशका धेरै ठाउँमा विरोधका कार्यक्रम रहेको एक बैकका कर्मचारी ले लीड न्यूजलाई बताएका  छन् ।