सर्लाहीमा करेन्ट लागेर एकजनाको ज्यान गयो

290
Friendship Mobile

सर्लाही सदरमुकाम मलंगवामा शनिवार बिहान करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मलंगवा नगरपालिका वडा नं. ८ का ५५ वर्षीय जयनारायण महतोको ज्यान गएको हो ।

घरमा मोटर जडान गर्नेक्रममा करेन्ट लागेर गम्भीर घाईते भएका महतोलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

मृतक जयनारायण जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महताेका साँढुभाई भएको बुझिएको छ ।