जसपा आज सरकारमा सहभागी नहुने

210
Friendship Mobile

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी नहुने भएको छ । मंगलबार बसेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय लिन नसकेको हो ।

‘पार्टी आधिकारिकताको विषय निर्वाचन आयोगमा साउन ३ गते पेसी छ । त्यसलाई मध्यनगर गरेर हामीले सरकारमा जाने/नजाने विषय निर्णय लिइसकेका छैनौं,’ अध्यक्ष उपेन्द्र यादवले भने, ‘कानुनी प्रक्रियाबारे कानुनविदहरुसँग बुझ्‍छौं । त्यस्तो समस्या नहुने भए साउन ३ अघि पनि सरकारमा जान सकिने अवस्था हुनसक्छ ।’

देउवाले अहिले केहीबेरमा प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्दैछन् । कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेका छन् ।

सर्वोच्च अदालतको परमादेश बमोजिम देउवा मंगलबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।