प्रधानमन्त्री देउवालाई राप्रपाका नेताको आग्रह – गर्न सके राम्रो गर्नुहोस् नसके नराम्रो नगर्नुहोस्

317
Friendship Mobile

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतदान गर्ने प्रक्रिया शुरु हुँदा राप्रपा भने तटस्थ बसेको छ ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिएका हुन्। उनले अनुहार परिवर्तनले देशलाई निकास दिन्छ भन्ने विश्वास नभएको उल्लेख गर्दै सत्तासंघर्षको यो कुरुप दृश्यमा राप्रपा तटस्थ बस्ने बताएका हुन्।

लिङदेनले सत्तासंघर्षको राजनीतिले संविधान असफल भएको पुष्टि भएको बताएका छन् । ‘विश्वकै उत्कृष्ट संविधान भने पनि योझुट रहेछ, संविधानभित्र त छिद्रैछिद्र रहेछ, यसले संविधान असफल भएको प्रमाणित भएको छ, संविधानमात्रै होइन, ३० वर्षदेखि नेतृत्व गर्दै आएको पुस्तासमेत असफल भएको छ,’ उनले भने। उनले बालुवाटारलाई क्याटरिङ हाउस नबनाउन आग्रहसमेत गरे। प्रधान मन्त्री देउवा प्रति नेपाली जनताको कुनै ठूलो आकांक्षा नरहेको र गर्न सके राम्रो गर्नुहोस् नसके नराम्रो चाहिँ नगर्न आग्रह गर्दै बधाई समेत लिङ्देनले दिएका थिए ।

अदालत नपुग्न नै हामी काम गरिरहेका थियौँ। राष्ट्रपतिको आह्वान अनुरुप हस्ताक्षर लिएर गएका हौँ । तर त्यसमा अनेक बाहना र प्रतिनिधि सभा भंग गर्दै एक व्यक्तिलाई बचाउन अनेकन गर्छ भने त्यो क्षणिक हुन्छ भन्ने स्पष्ट छ’, उनले भने, ‘पाँच दलको गठबन्धनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। राजनीतिक गम्भीर मतभेद छ। उज्जवल प्रकारको ऐतिहासिक परम्परा छ । जव प्रतिगमन र अन्य कुनै निर्दलिय कार्य हुन्छ भने यसमा हामी सहकार्य हुन्छ।’