२०८३ आश्विन ८ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ८ बिहीबार

मुख्यमन्त्री पौडेलद्वारा ऐतिहासिक सुरुङ्गमार्ग पुनर्निर्माणको शिलान्यास

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश र प्रदेश नं २ को सिमानामा रहेको ऐतिहासिक चुरियामाई सुरुङ्गमार्ग पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ।

१०४ वर्ष लामो इतिहास रहेको सो सुरुङ्गमार्गको इतिहास जोगाउनु र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुनर्निर्माण गर्न लागेको बताउँदै मुख्यमन्त्री पौडेलले सो क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।

पौडेलले सुरुङमार्ग निर्माण पछि यसले दुई प्रदेशको बीचमा पुलको रुपमा काम गर्ने बताउनुभयो साथै शिलान्यासभन्दा सम्पन्नताले महत्व राख्ने भएकोले आउँदो नववर्षमा हिँड्न पाउने गरी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नु भएको छ।

बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले सरकार सम्पदा संरक्षण गर्न सदैव तयार रहेको र निर्माण काममा पनि सरकारले वातावरण बनाउने भएकोले निर्माण कम्पनीले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनु भयो ।

मन्त्री फुयालले सुरुङ्ग निर्माणमा प्रदेश २ सरकारको पनि सहकार्य हुने विश्वास व्यक्त गर्नु भएको छ। १९८ मिटर लम्बाई ,२.५ मिटर चौडाई र ३ मिटर उचाइ रहेको सो सुरुङ्गको मर्मत कार्य २०७९ वैशाख १९ सम्म सम्पन्न गर्ने गरी बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय र माउन्टेन इन्फ्रा कम्पनीबीच सम्झौता भएको छ। पुरानो संरचना नबिग्रने गरि पुनर्निर्माण गर्न लागिएको सो सुरुङ्गमार्गमा पुरातात्विक विभागको पनि समन्वय रहेको छ।

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जे एन थपलिया , मकवानपुर जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबोल महत, भौतिक सचिव सञ्जीव बराल, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश युवा परिषद उपाध्यक्ष सन्तोष चौलागाई लगायतको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।