लालबन्दीका युवाहरुको आक्रोस : बन जोगाउने हामिले, समिती गठनको पत्तो किन नपाउने ?

963

मंगलवार दिउँसो लालबन्दीका युवाहरुले डिभिजन बन कार्यालय सर्लाहीमा बिरोधको कार्यक्रम सहित ज्ञापनपत्र बुझाएका छन ।

सर्लाहीको लालबन्दी नगरपालीकामा पर्ने लालबन्दी साझेदारि बनको केहि समय अघि गठन गरिएको समिती अवैधानीक भन्दै युवाहरुले खारेजीको माग गरेका हुन । लालबन्दीका कुनै पनी ब्यक्तिलाई जानकारि नै नदिई कबिलासि गाउँपालीकाको कुनै कोठामा समिती गठन गरिएको भन्दै युवाहरुले डिभिजन बन कार्यालय लालबन्दीको गेटमा केहि समय नारावाजी गर्नुका साथै त्यहाँका प्रमुख माधव प्रसाद देवलाई बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका थिए ।

लालबन्दी नगरपालीका वडा नम्बर ६ का वडाध्यक्ष एवं लालबन्दीका सक्रिय युवा समाजसेवी उज्वल कुमार कार्किको नेतृत्वमा पुगेका युवाहरुले अध्याँरो कोठामा झ्याल ढोका बन्द गरेर केहि सिमित व्यक्तिलाई मात्र राखी वनसङ्ग तालुक राख्ने व्यक्ति तथा स्थानीयलाइ जानकारी नै नगराइ कबिलासी गाउँपालिकामा कथोकथित भेलाबाट समिति गठन गरिएको प्रति आक्रोश पोखेका थिए । उनिहरुले ‘लालबन्दी साझेदारि बनको संरक्षण गर्ने हामि, भेल, बाढि र डढेलोको चपेटामा पर्ने हामि, बन्यजन्तुको प्रकोपमा परेर पनी जंगल जोगाउने हामि तर हामिलाई नै जानकारि नदिई समिती गठन किन गरियो’ भन्दै प्रश्न उठाएका थिए ।

डिभिजन वन कार्यालय सर्लाही प्रमुख देव सँग आफ्ना कुराहरु राख्दै वडाध्यक्ष एवं सक्रिय युवा समाजसेवि कार्कि…

युवाहरुले नवगठित अवैधानिक व्यवस्थापन समिति खारेजी तथा जङ्गल श्रेत्रमा रहेका किसानहरुको वालिनाली संरक्षणको माग सहित डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख देवलाई ज्ञापन पत्र बुझाएका छन ।

यहि साउन १३ गत्ते बुधवार कविलासि नगरपालीका ७ मा रहेको गैर माविमा बसेको भेलाले जनता समाजवादी पार्टीका युवा नेता अजय यादवलाई लालबन्दी साझेदारि बन ब्यवस्थापन समितीको अध्यक्षमा निर्विरोध चुनेको थियो । उक्त भेलामा प्रदेश नं २ का मामिला सभापती तथा प्रदेश नं २ का प्रदेश सभा सदस्य अशोक यादव, डिभिजन वन कार्यलय प्रमुख माधव प्रसाद देव लगायत साझेदारी वन व्यवस्थापनका सदस्यहरूको उपस्थिती रहेको बताईएको छ ।