प्रदेश सांसद महतोले गरे सामुदायीक भवनको उद्घाटन

430
Friendship Mobile

भागनारायण गुप्ता : ईश्वरपुरमा मंगलवार प्रदेश सांसद उपेन्द्र महतोले सामुदायीक भवनको उद्घाटन गर्नुभएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालीका वडा नम्बर ८ खाल्टोबजारमा निर्मित भवनको प्रदेशसभा सदस्य महतोले एक औपचारिक समारोहका बिच उद्घाटन गर्नुभएको हो । सांसद महतोको निर्वाचन क्षेत्र बिकाश कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।

भवन निर्माण पश्चात त्यस क्षेत्रमा हुने सामाजिक कार्यक्रमहरुमा सहजता आउने बिश्वास लिइएको छ ।