हत्या अभियोगमा १० बर्षदेखि फरार रौतहटका हजरा पक्राउ

208
Friendship Mobile

एक जनाको हत्या गरि १० बर्षदेखि फरार अभियुक्तलाई रौतहट प्रहरिले पक्राउ गरेको छ ।

जिल्लाको गौर नगरपालीका वडा नम्बर ८ मा उपेन्द्र यादवलाई गोली हानी हत्या गरेर फरार देवाही गोनाही नगरपालीका ७ बस्ने सोनफी हजरालाई प्रहरिले बुधवार पक्राउ गरेको हो । २०६८ साल जेठ २३ गत्ते राती साँडे ८ बजेको समयमा गौर ८ का उपेन्द्र दास बैरागी भन्ने उपेन्द्र यादवलाई सोनफी पासवान भन्ने सोनफी हजराले गोली हानेका थिए ।

प्रहरिले करिव १० बर्षदेखि फरार हजरालाई गौर नगरपालीका ५ स्थित सडकमा हिडिरहेको अवस्थामा पक्राउ गरि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

हत्या गरिएका यादव अन्तराष्ट्रिय कुस्ति खेलाडि रहेको श्रोतले जनाएको छ ।