सर्लाही, ६ असार । लालबन्दी नगरपालिकाका २९ जना उद्यमि महिलाहरुलाई नगरपालिकाले प्रविधि हस्तान्तरण गरेको छ । नगरपालिकामा दर्ता भई संचालनमा रहेका ब्युटिपार्लर र टेलरिङ गरिरहेका महिलाहरुलाई सम्बन्धित ब्यवसायीक समान प्रदान गरिएको हो ।
लालबन्दी नगरपालिकाले उद्यमिहरुको २० प्रतिशत लागत सहभागीतामा ब्युटिपार्लरका कटिङ, थ्रेडिङ चेयर र टेलरिङका सिलाई, पिको, इन्टरलक मेसिन प्रदान गरिएको नगरपालिकाको मेड्पा शाखाका वरिष्ट उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिनुभयो ।
शुक्रबार बिहान वडा नम्बर ६ को प्रांगणमा उपमेयर कल्पनामाया पाख्रिनको उपस्थितीमा पाँच पाँच जनाको उद्यमि महिला समुहलाई ब्यवसायका लागी आवश्यक समान प्रदान गरिएको हो । उद्यमिलाई समान प्रदान गर्दै उपमेयर पाख्रिनले उद्यमिहरुको आम्दानी बृद्धिको कामना गर्दै अन्य उद्यमिलाई पनि दर्ता प्रकृयामा आउन आग्रह गर्नुभयो ।
साथै आगामि दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।








