आई.टी.आर्मीको सर्लाही जिल्ला भेला सम्पन्न, १०७ सदशिय जिल्ला कमिटी गठन

212
Friendship Mobile

प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्ने तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’को सर्लाही जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, वयलबास बजारस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित आईटी आर्मीको जिल्ला भेला सम्पन्न भएको हो ।

आर्मीका केन्द्रिय संयोजक चन्द्रभुषण साहको अध्यक्षता, पुर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यता तथा निवर्तमान प्रदेश सभा सदस्य कुन्दन कुशवाहको बिशिष्ट आतिथ्यतामा भेला गरिएको थियो ।

भेलाले बलराम खडकाको संयोजकत्वमा आईटी आर्मीको १०७ सदशिय सर्लाही जिल्ला कमिटी गठन गरेको छ । भेलामा जिल्लाभरका वामपन्थी नेताहरुको सहभागिता रहेको आर्मीका केन्द्रिय संयोजक साहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले आईटी आर्मी गठन हुनु एक ऐतिहासिक सुरुवात भएको बताए थिए । उनले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमानी अगाडि बढ्न आर्मिलाई निर्देशन समेत दिए ।

पूर्वमन्त्री प्रभु साह माओवादी केन्द्रबाट भर्खरै एमालेको केपी ओली समूहमा गएका हुन भने ओली समूह सर्लाहीका अध्यक्ष राजनारायण साहले केही दिनअघि नै प्रेस विज्ञप्ती निकालेर वुधवारको भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको समेत उल्लेख गरेका नेकपाको ओली समुह निकट श्रोतले बताएको छ ।