बिप्लव नेतृत्वको नेकपाको बयलवासमा भेला सम्पन्न

501
Friendship Mobile

राजेश पाठक, परवानीपुर | नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको ईश्वरपुरमा प्रथम नगरभेला सम्पन्न भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालीका स्थित बयलवासमा नेकपाको प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले सुनितादेवि झाको संयोजकत्वमा १५ सदशिय कमिटी समेत गठन गरेको छ ।

नेकपाको केन्द्रिय सदस्य एवं सर्लाही–रौतहट जिल्ला इन्चार्ज मिसन शाहीको प्रमुख आतिथ्यतामा भएको भेलामा सर्लाही सेक्रेटरि कमल सुस्लिङ, अखिल क्रान्तिकारिका जिल्ला संयोजक अर्पण पौडेल, रौतहट संयोजक अबिशेक बिक्रम शाहि, महिला नेतृ प्रमिला, किसान नेता किशुनदेव शर्मा, मजदुर नेता राम प्रसाद महतो लगाएको उपस्थिती रहेको थियो ।

कार्यक्रम जनक राउतले सञ्चालन गरेका थिए ।