राष्ट्रिय शक्ति नेपालको जिल्ला कार्यसमित पुनर्गठन

294
Friendship Mobile

क्षितिज बिश्वकर्मा, लालबन्दी | राजा सहितको हिन्दु राष्ट्रको आवाज उठाउँदै आएको राष्ट्रिय शक्ति नेपालको जिल्ला कमिटि शनिवार पुनःगठन गरिएको छ । केशर बहादुर बिष्ट नेतृत्वको अभियानले सर्लाही जिल्लामा गठन गरेको प्रकाश चन्द्र भट्ट नेतृत्वको ऐतिहासिक जिल्ला कमिटिलाई शनिवारको भेलाले पुनर्गठन गरेको हो ।

भेलाले गोपाल ढकालको नेतृत्वमा १७ सदशिय कमिटि गठन गरेको केन्द्रिय अभियन्ता फोटो पत्रकार रोहित प्रसाद पौडेलले बताउनुभयो । नवगठित कमिटिको उपाध्यक्षद्वयमा जलेश्वर साह र संगीता दाहाल(खतिवडा) छन । सचिवमा केशव बहादुर महत लगाएत आवश्यकता अनुसार बिस्तार गर्न सकिने गरि चयन गरि १७ सदशिय कमिटि गठन गरिएको पौडेलको भनाई छ ।

शुभकामना मन्तब्य राख्दै केन्द्रिय अभियन्ता थपलिया (बाँया) र पुर्व अध्यक्ष भट्टले बर्तमान अध्यक्ष ढकाललाई शुभकामना सहित कुर्सि हस्तान्तरण हुँदै (दाँया)

कार्यक्रममा नवगठित जिल्ला कार्य समितीलाई केन्द्रिय अभियन्ता एवं प्रदेश २ प्रमुख अञ्जु थपलिया, केन्द्रिय अभियन्ता फोटो पत्रकार पौडेल, पुर्व अध्यक्ष भट्ट लगाएतले शुभकामना सँगै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तब्यवको क्रममा केन्द्रिय अभियन्ता थपलियाले आफु कमल थापा नेतृत्वको राप्रपा निकट भएर समेत काम गरेको तर कमल थापा पार्टीको सिद्धान्त भन्दा पनी पदको लोभमा पर्ने गरेका कारण आफु यो अभियानमा सक्रिय भएर लागेको बताउनुभएको थियो । हाम्रो एक मात्र अभियान भनेको हिन्दु राज्य सहितको राजा भएको बताउँदै अभियन्ता थपलियाले नव गठित जिल्ला कमिटिका सम्पुर्ण पदाधिकारि तथा अभियानमा सक्रिय अभियन्ताहरुलाई ढुक्क भएर अगाडि बढ्न सुझाव तथा निर्देशन दिँदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


त्यसैगरिफोटो पत्रकार पौडेलले राजा भगवान बिष्णुको अवतार भएको र भगवान जस्ता राजा हटाउनु नेपाली जनताको ठुलो भुल भएको भन्दै आजको दिनमा राजा अत्यावश्यक भएको बताउनुभएको थियो । ढिलो चाँडो देशमा राजा आउने तर्फ ईंगित गर्दै फोटो पत्रकार पौडेलले अभियन्ताहरुलाई ढुक्क भएर संगठनको निति र निर्देशन अनुसार काम गर्न सुझाव दिनुभएको थियो ।