बिप्लव नेतृत्व नेकपाको बरहथवा नगरभेला सम्पन्न


राजेश पाठक, लालबन्दी | नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्लाहीको बरहथवामा नगरभेला सम्पन्न भएको छ । नगरपालीका स्थित उद्योग वाणिज्य संघको सभाहलमा नगरभेला भएको हो ।
पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मिसन साहीको प्रमुख आतिथ्यतामा नगरभेला भएको हो । भेलामा जिल्ला सेक्रेटरी कमल सुस्लीङ, मिथिला स्वायत्त जनपरिषद् नेपाल तथा महोत्तरी जिल्ला सेक्रेटरी पवन महतो, सर्लाही जिल्ला पूर्व सेक्रेटरी जनक राउत, अखिल नेपाल (क्रान्तिकारी) ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य तथा बरहथवा नगर इन्चार्ज पदम मगर, किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य किशुनदेव शर्मा, जिल्ला सदस्य ठगाराम र अखिल (क्रान्तिकारी) रौतहट जिल्ला संयोजक अभिषेक शाहि लगाएतको आतिथ्यता रहेको थियो ।
भेलाले रामनाथ यादबको अध्यक्षतामा १९ सदस्य नगर कमिटि गठन गरेको पार्टिका जिल्ला सेक्रेटरि कमल सुस्लिङले जानकारि दिनुभयो । कार्यक्रमलाई अखिल (क्रान्तिकारी) सर्लाही संयोजक अर्पण पौडेलले संचालन गर्नुभएको थियो ।