रानिगञ्जकी बालीका भुजेलको हत्यामा संलग्न २ युवक सार्वजनिक

333
Friendship Mobile

क्षितिज बिश्वकर्मा, लालबन्दी | सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्ज डाँडाटोल घर भएकी १४ वर्षीया बालिका प्रियंका भुजेलको हत्यामा संलग्न भनिएका मुख्य दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । स्थानिय १८ वर्षका किसन साह र १९ वर्षका अनिस दाहाललाई प्रहरीले सोमवार साँझ जिल्ला प्रहरि कार्यालयमै पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

दुवैले भुजेललाई हत्या गरेको प्रहरीसमक्ष बयान दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनीहरू भदौ १ गते पक्राउ परेका थिए ।

यता भुजेल हत्याका प्रकरणलाई लिएर परिवार, छरछिमेकी सँगै विभिन्न राजनीतिक दलका भातृ संगठन, अधिकारकर्मीहरुले हत्या प्रकरणका दोषीलाई पक्राउ गरि सत्य तथ्य सार्वजनिक गर्न दवाव मुलक कार्यक्रमहरु गरिरहेका छन, तथापी सर्लाही प्रहरीले हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

अनुसन्धानको क्रममा अभियुक्तहरुले बालीकासँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको र घर पछाडी तीनैजना कुरा कुरागरेको आवाज घरपरिवारले थाहा पाएर हो–हल्ला गरेपछि उनिहरु भागरेर जंगल पुगको प्रहरी सँग बताएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिएका छन । प्रहरीका अनुसार दुई अभियुक्तसंगै भागेर जंगलमा पुगेकी प्रियंकालाई युवाहरुले घर जान दबाब दिएका थिए ।

प्रहरिका अनुसार यसरि भएको थियो घटना :
राती घरबाट निस्किएर गएपछि घर परिवारको डर र लोकलाजको कारण प्रियंकाले फर्किएर घर जान अस्विकार गरेको र यस अघि पटकपटक शारिरिक सम्वन्ध समेत भईसकेको अभियुक्त अनिससँगै लिएर जान प्रियंकाले अडान लिएको पाईन्छ । उनले अनिसले नलगे आत्म हत्या गर्छु भन्दै खोलाको केही अग्लो ठाउँबाट हामफालेर घुक्र्याएको पाईन्छ ।’

‘प्रहरीका अनुसार त्यहाँबाट हाम फाल्दा मान्छेको ज्यान जाने कुनै सम्भावना थिएन, । त्यस क्रममा अभियुक्त कृष्ण साहले ‘तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा भने, ‘अभियुक्तहरुले खहरे खोला भएपनि वर्षाकोकारण बगिरहेको पानीमा मुख थिचि कर्तव्य गरी शवलाई घटनास्थलभन्दा २ सय मिटर उत्तरमा खाल्डो भएको ठाउँमा हातले खनेरै पुरेका थिए ।’

प्रहरीले दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको कुरा हुनेगरेको पाईएको छ । अभियुक्त अनिसले यस अघि प्रियंकासंग पटकपटक सारिरिक सम्बन्ध रहेको अनुसन्धानको क्रममा बताएका छन् ।

साउन ३१ गते राति साढे ११ बजेदेखि वालीका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा छोरी हराएको भन्दै खोजी दिनका लागि उजुरी दिएका थिए । ईलाका प्रहरि लालबन्दी उजुरी प्राप्त भएकै मितिबाट प्रियंकाको खोजिमा जुटेको थियो । त्यस क्रममा प्रहरीले गाउँका विभिन्न मानिससँग सोधपुछ गरि सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता भएको पत्तालगाएको थियो ।

त्यसपछि प्रहरीले शंकाको आधारमा गाउँकै दुई युवा १९ वर्षीय कृष्ण साह र अन्दाजी १८ वर्षीय अनिष दाहाललाई भदौ १ गते पक्राउ गरि सोधपुछ गर्दा उनिहरुले नै प्रहरीलाई प्रियंकाको शव उनको घरबाट ३ किलोमिटर पश्चिम-उत्तर लालबन्दी ६ स्थित कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

प्रहरीले जनप्रतिनिधि, स्थानीय, प्रियंकाको बुबा र अभियुक्तलाई साथमा लिएर जाँदा अभियुक्तहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको आशंकामा अनुसन्धान थालेको थियो ।