समुन्नत महिला बहुउद्देश्य सहकारी को प्रथम साधारण सभा सम्पन्न

448
Friendship Mobile

      बारा/निजगढ       
आज निजगढ नगरपालिकामा वडा नं ८ मा रहेको समुन्नत महिला बहुउद्देश्य सहकारी संस्थाको प्रथम साधारण सभा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
      साधारण सभाका सभाध्यक्ष समुन्नत महिला बहुउद्देश्य सहकारी की अध्यक्ष कल्पना खरेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख अथिति निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बोल्दै शुभकामना व्यक्त गर्दै आउँदा दिनमा साथ सहयोग रहने बताउनु भयो। विशिष्ट अतिथि तेक्वान्दो संघका प्रदेश प्रमुख पेमासिद्धि लामाले विशेष महिलाहरुको  नजिकिदै गरेको तीजको शुभकामना दिँदै हौसला प्रदान गर्नुभयो।अतिथि माला लामा,वडा अध्यक्षहरु टेक बहादुर लामा ,ज्ञान बहादुर गोले,मंगले लोप्चन रहनु भएको थियो भने श्री सप्तरेखि महिला पशुपालन सहकारीका सञ्चालक सदस्य खड्ग प्रसाद उप्रेतीले शुभकामना मन्तव्य राख्दै महिलाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, समृद्ध समाजमा महिला विशेष भूमिका निभाउन समुन्नत महिला बहुउद्देश्य सहकारी संस्थाले विशेष भूमिका खेल्नुपर्ने छ भन्दै शेर सदस्य बढाउनु पर्ने सुझाव समेत दिनुभयो । स्वागत मन्तव्य संस्थाकी सदस्य सुनमाया लोप्चन ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन द्वय संस्थाका सचिव उषा थापामगर र व्यवस्थापक बलराम खड्काले गर्नुभएको थियो।
कार्यक्रममा लेखा प्रतिवेदन लेखा सदस्य पिता माया पराजुलीले पढेर प्रस्तुत गर्नुभएको थियो । २०७७ साल माघ महिना बाट मात्रै खुलेको १९ लाख पूँजीबाट शुरू गरेको यो साउन मसान्त सम्ममा कुल पूँजी १ करोड १५ लाख पुर्याएको छ ।  आगामी आर्थिक वर्षमा २ करोड ५० लाख पुराउने लक्ष रहेको समुन्नत महिला बहुउद्देश्य सहकारी अध्यक्ष कल्पना खरेलले जानकारी गराउनु भयो। 
   कार्यक्रमको समापन पछि हिन्दुमहिलाहरुको हरितालिका तीजको शुभकामना आदानप्रदान गर्दै दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।