बाराको निजगढ र उत्तर झिट्कईयाबाट गाँजा सहित ५ जना पक्राऊ

509
Friendship Mobile

प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ११ स्थित तामागढी सडक खण्डबाट २ लाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बिहीवार ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट प्रहरिले २ जनालाई र कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा रहेको चिनि मेल नजिकै गाँजा किन्न तयार रहेको ३ जना गरि ५ जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार तथा खरिद बिक्रि भईरहेको विशेष सूचनाको पाए लगतै ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–२–०३–००४प ८४४९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाच गदा सो मोटरसाईकलका चालर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा ५ किलो गाजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीले जानकारी दिए ।