२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

आज दशैंको दोस्रो दिन, भगवती ब्रह्मचारिणीको पूजाआजा गरिँदै

दसैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दसैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदैछ ।  ब्रह्मचारिणी देवीको पूजाका लागि बिहानैबाट शक्तिपीठहरुमा दर्शनार्थीको भीड लागेको छ ।

आज राजधानीका मैतीदेवी, तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, इन्द्रायणी, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकालीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ । 

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा आरधाना गरी मनाइन्छ । 

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।