सर्लाहीमा सात जना पत्रकार सम्मानित भएका छन ।
सर्लाहीको गोडैता नगरपालिका वडा नं. ५ रामवनमा आयोजित साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सर्लाहीका पाँच र रौतहटका दुइजना पत्रकार गरी ७ जनापत्रकार सम्मानित भएको भएका हुन ।
श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक अधारभुत विद्यालयको आयोजना तथा विद्यालयका अध्यक्ष कृष्ण मोहन महतोको अध्यक्षतामा विद्यार्थीहरुलाई साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सर्लाहीका पत्रकारहरु टंक क्षेत्री, विश्वनाथ ठाकुर, संन्तोष सिंह, बन्दनाझा र राधेश्याम कुशवाहा गरी ५ जना त्यस्तै रौतहटका संजय साहमित्र र राजु श्रीवास्तव गरी २ जना पत्रकारलाई शिक्षा क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै ७ जना पत्रकारलाई शिक्षा सम्मान २०७८ बाट सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले जानकारी दिए ।
यसैगरी कक्षा ८ मा अध्यनरत २३ जना छात्राहरुलाई साइकल समेत वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, नेपाली कांग्रेसका प्रदेश नं. २ का प्रमुख सचेतक तथा प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिका नगर प्रमुख देवेन्द्र राय, बरहथवा नगरपालिका नगर प्रमुख देवानन्द महतो, बवबरीया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, रामनगर गाउँपालिकाका अध्यक्ष नितु यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रवार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा सर्लाहीले पनि एक मन्त्रालय पाएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने क्रममा सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त हुनुभएको छ ।
सर्लाहीमा समाजिक संजालमा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रमोद साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएको र बधाईको ओईरो लागेपनि क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रीमा बाजी मारेका हुन ।
आज शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले मन्त्री परिषद्लाई पूर्णता दिएका हुन् ।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकरी दिएको छ । देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो ।
सर्लाहीको हरिभवनमा आज शुक्रवार कक्षा ८ उतिर्ण गरेका २८ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ ।
प्रदेश सरकारको ‘बेटि पढाउ, बेटि बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल बितरण गरिएको हो । लालबन्दी नगरपालीका ४ स्थित हरिभवनमा रहेको शिशुकल्याण जनता माध्यमिक बिद्यालयको प्रांगणमा आज एक कार्यक्रमका बिच साईकल बितरण भएको सोहि बिद्यालयका शिक्षक श्याम खड्काले जानकारि दिनुभयो ।

वडाध्यक्ष सोमनाथ बरालको अध्यक्षता एवं लालबन्दी नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साईकल बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पुर्व–अध्यक्ष सत्यनारायण चौधरि, प्रधानाध्यापक नरहरि धामी सहित वडासदस्यहरु, शिक्षक, बिद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
दसैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दसैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरी मनाइँदैछ । ब्रह्मचारिणी देवीको पूजाका लागि बिहानैबाट शक्तिपीठहरुमा दर्शनार्थीको भीड लागेको छ ।
आज राजधानीका मैतीदेवी, तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, इन्द्रायणी, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकालीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म दुर्गा भवानीको पूजा आरधाना गरी मनाइन्छ ।
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।