लालबन्दीमा भएको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

373
Friendship Mobile

सर्लाहीको लालबन्दीमा अस्ति बिहिवारबाट सुरु भएको जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगीताको आज शनिवार समापन गरिएको छ ।

श्री लालबन्दी ब्याडमिन्टन क्लव लालबन्दीको आयोजनामा सुरु भएको ३ दिने प्रतियोगीता आज सक्किएको हो । आजको समापन कार्यक्रमको अध्यक्षता आयोजक श्री लालबन्दी ब्याडमिन्टन क्लवका अध्यक्ष सुधिर पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथी सर्लाही जिल्ला ब्याडमिन्टन क्लवका अध्यक्ष तुल्सि नारायण श्रेष्ठ रहनुभएको थियो ।

बरहथवा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मदन भुजेल बिशिष्ट अतिथी सहित अतिथीहरुमा सर्लाही जिल्ला ब्याडमिन्टन क्लवका सचिव हर्ष श्रेष्ठ, हरिवन नापि शाखाका हाकिम बिमल लुंगेली, आयोजक क्लवका सचिव चिरञ्जिवि खतिवडा, लालबन्दी ब्याडमिन्टन क्लवका अध्यक्षका पिता कोट दाता माधव प्रशाद पोखरेल रहनुभएको थियो ।

लालबन्दी नगरपालीकाका नगरप्रमुख मान बहादुर खड्काले उद्घाटन गर्नुएको ब्याडमिन्टन प्रतियोगीतामा जिल्लाभरिका १५ ओटा टिम र लालबन्दी नगरपालीका भित्रका ८ वडा टिमले भाग लिएका थिए ।

प्रतियोगीताको जिल्ला तर्फको खेलमा लालबन्दी ब्याडमिन्टन क्लवका अजय श्रेष्ठ र बालकृष्ण कार्कि प्रथम भए भने ईश्वरपुरका अर्जुन गोले र अजय लामा दोश्रो तथा ईश्वरपुरकै लालबावु यादव र युवराज राउत तेश्रो भए । त्यस्तै लालबन्दी नगरतर्फ हरि सुवेधि र सरोज जंग राण प्रथम, संजय खतिवडा र अबिशेक चौहान दोश्रो र दान प्रसाद अधिकारि र मदन पौडेल तेश्रो भएका छन ।

प्रतियोगीताका बिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीताको अनुसाशित खेलाडि बरहथवाका राम बिश्वास महतो भए ।