सर्लाहीमा सात जना पत्रकार सम्मानित

475
Friendship Mobile

सर्लाहीमा सात जना पत्रकार सम्मानित भएका छन ।

सर्लाहीको गोडैता नगरपालिका वडा नं. ५ रामवनमा आयोजित साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सर्लाहीका पाँच र रौतहटका दुइजना पत्रकार गरी ७ जनापत्रकार सम्मानित भएको भएका हुन ।

श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक अधारभुत विद्यालयको आयोजना तथा विद्यालयका अध्यक्ष कृष्ण मोहन महतोको अध्यक्षतामा विद्यार्थीहरुलाई साईकल वितरण तथा दशैको शुभकामना आदान प्रदान कार्यक्रममा सर्लाहीका पत्रकारहरु टंक क्षेत्री, विश्वनाथ ठाकुर, संन्तोष सिंह, बन्दनाझा र राधेश्याम कुशवाहा गरी ५ जना त्यस्तै रौतहटका संजय साहमित्र र राजु श्रीवास्तव गरी २ जना पत्रकारलाई शिक्षा क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै ७ जना पत्रकारलाई शिक्षा सम्मान २०७८ बाट सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामप्रकाश महतोले जानकारी दिए ।

यसैगरी कक्षा ८ मा अध्यनरत २३ जना छात्राहरुलाई साइकल समेत वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, नेपाली कांग्रेसका प्रदेश नं. २ का प्रमुख सचेतक तथा प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिका नगर प्रमुख देवेन्द्र राय, बरहथवा नगरपालिका नगर प्रमुख देवानन्द महतो, बवबरीया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह, रामनगर गाउँपालिकाका अध्यक्ष नितु यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।