नेपाल भारत सिमा नाका पुर्ण रुपमा खुल्यो, सर्लाहीवासि हर्षित

176
Friendship Mobile

कोरोना संक्रमण रोकथामका लागि बिगत डेढ वर्षदेखि बन्द रहेको सर्लाहीका सिमानाकाहरु शनिवारदेखि संचालनमा आएको छ ।

भारतिय पक्षले लगाएको बेरियर शुक्रवार साँझ ६ बजेबाट खोलेपछि सदरमुकाम मलंगवा तथा भारतीय बजार सोनवर्षा नाकामा सवारी साधनहरु संचालनमा आएको हो ।

केही दिन अघि नेपाल सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि भारतिय सिमा सुरक्षाकर्मी एस.एस.बीको अवरोधका कारण सीमानाकाहरु पूर्ण रुपमा खुला भएको थिएन । नाका खुलेपछि पछि दुवै देशका नागरिक कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

चाडपर्वको बेला सिमानाका खुलेपछि मलंगवा तथा सिमाक्षेत्र आसपासका बासिन्दा खुसि भएका छन ।