कर्मचारी मिलान केन्द्र सर्लाहीको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

269
Friendship Mobile

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा कर्मचारी मिलान केन्द्र सर्लाहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको सक्रिय सहभागितामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी मिलान केन्द्र सर्लाहीका अध्यक्ष तथा राष्ट्रिय तेलवानी अनुसन्धान कार्यक्रम सर्लाही नवलपुरका संयोजक डा. विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलान केन्द्र सर्लाहीका संरक्षक राम कुमार महतोको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर प्रसाद पोखरेल, जिल्ला न्यायाधिवक्ता रिद्धिनाथ निरौला, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय सर्लाहीका प्रमुख उप–अनुसन्धान निर्देशक दिलिप सिंह, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देव लगायत सर्लाही जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरु एवं अधिकृत, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सार्वजनिक सेवा प्रवाहका लागि निरन्तर खटिईरहनु हुने निजामती कर्मचारीहरु र राष्ट्र सेवामा २४ सै घण्टा अहोरात्र परिचालित सुरक्षाकर्मीहरु बीच सुदृढ सम्बन्ध विस्तार गर्दै नेतृत्व विकास, आपसी सदभाव, भाईचारा, सकारात्मक सोच अनि शारीरिक तथा मानसिक तन्दुरुस्तीका उदेश्यका साथ उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जानकारि दिएको छ ।

मैत्रीपुर्ण खेलमा सुरक्षाकर्मीको टिमले निजामती कर्मचारी टिमलाई २ का विरुद्व ५ गोल गरी प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिजेता तथा उप–बिजेता टिमलाई प्रमाण–पत्र तथा ट्रफी प्रदान पश्चात शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।