आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

431
Friendship Mobile

दशैँको टीकाको आज दोस्रो दिन, हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् ।

आफ्नो घरमा भ्याएर हिजो देखि नै सर्लाही सहित देशैभरि टाढाका आफन्तसँग टीका थाप्न जानेहरुको लहर छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

राजमार्ग देखि गाउँघरका सडकहरुमा कोशेली सहित रातो टिका जमरा लगाएर हिँडिरेकाहरु बाक्लै भेटिन्छन ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।