पानीले क्षति पु¥याएको बालीनालीको बिवरण उपलब्ध गराउन हरिवन नगरपालीकाको किसानसँग अनुरोध

183
Friendship Mobile

गएको आईतबारबाट परेको पानीले क्षति पु¥याएको बालीनालीको बिवरण उपलब्ध गराउन सर्लाहीको हरिवन नगरपालीकाले किसानसँग अनुरोध गरेको छ ।

नगरपालीकाको कृषि सेवा केन्द्रले बुधवार जारि गरेको सुचनामा गएको असोज ३१ गतेदेखि अबिरल रुपमा परेको पानीले किसानले लगाएको बिभिन्न बालीको क्षतिको बिवरण उपलब्ध गराउन भनिएको छ ।

शाखा अधिकृत गोपालनाथ श्रेष्ठद्वारा हस्ताक्षरित सुचनामा यहि कातिक ७ गतेसम्म बिवरण उपलब्ध गराउन भनिएको छ ।