चिनले ताईवानमाथी आक्रमण गरे अमेरिकाले रक्षा गर्ने

250
Friendship Mobile

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षा गर्ने बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् ।

बाइडेनको पछिल्लो अभिव्यक्ति अमेरिकाले लामो समयदेखि लिँदै आएको नीतिसँग मेल खाँदैन । तर उनको अभिव्यक्तिलाई अमेरिकी नीतिमा आएको परिवर्तनको रुपमा बुझ्न नहुने ह्वाइट हाउसका एक प्रवक्ताले प्रस्ट पारेका छन् ।

त्यस्तै, बाइडेनले चीनसँग जानीजानी हुने द्धन्द्धबाट आफू चिन्तित नहुने समेत बताएका छन् ।

अमेरिका विश्व इतिहासमै सबैभन्दा शक्तिशाली सैन्य शक्ति हो भन्ने सबैलाई थाहा भएको र चीन थप शक्तिशाली हुने कुराबाट चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।