अर्थमन्त्री शर्मा र नेपालका लागी फ्रान्सका राजदूतबिच भेटवार्ता

239
Friendship Mobile

नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत Bourbao लाई आग्रह गरे । कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पु¥याएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ ।

साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।