बेमौसमी बर्षाले करिव साँडे ८ अर्वको धानवालीमा क्षती

236
Friendship Mobile

बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ ।

बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ । ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आंशिक क्षतिसमेत गरेर २ लाख ८५ हजार ७६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १/१ वटा कार्यटोली गठन गरिएको बताए ।

सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठकले क्षति मूल्यांकनका साथै राहतबारे आज कात्तिक ९ गते मंगलबार छलफल राखिएको छ ।