२०८३ भाद्र ३१ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र ३१ बुधबार

आईटिएफ खेलाडिहरुका लागी लालबन्दीमा टेक्निकल समिनार सुरु

सर्लाहीको लालबन्दीमा सोमवारबाट आईटिएफ खेलाडिहरुका लागी टेक्निकल समिनार सुरु भएको छ । लोकतान्त्रीक तेक्वान्दो डोजाङ लालबन्दी सर्लाहीको आयोजनामा सेमिनार सुरु भएको हो ।

सेमिनारमा तेक्वान्दो खेलाडिहरुका लागी अरुलाई कसरि जित्ने, कहाँ किक हान्दा कति नम्बर आउँछ, कसरि आफुलाई बचाउने लगाएतका टेक्निकल टेक्निकहरु सिकाईने आयोजक क्लवका अध्यक्ष एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव प्रभु नारायण शिवाकोटि (श्याम) ले जानकारि दिनुभयो ।

उहाँका अनुसार सोमवार लालबन्दी नगरपालीका वडा नम्बर ५ को सभाहलमा कार्यक्रमको उद्घाटन गरिएको छ । लोकतान्त्रीक तेक्वान्दो डोजाङ लालबन्दीका अध्यक्ष सिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष मोहन भण्डारिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्य पवीत्रा गौतम, नेकपा एमाले ५ नम्बर वडा कमिटि सह–सचिव गायत्री थापा, एमाले नेता आभुषण चौलागाईं लगाएतको आतिथ्यता रहेको थियो । सेमिनारमा आईटिएफ प्रदेश २ अध्यक्ष अञ्जना सिवाकोटी, ईश्वरपुरका आईटिएफ तेक्वान्दोका रामनाथ महतो, विबेक लुंगेली, सुवास चौधरि, बिकाश साह प्रशिक्षक रहेका छन । टेक्निकल समिनार यहि कार्तिक २६ गत्तेसम्म चल्ने छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।