आईटिएफ खेलाडिहरुका लागी लालबन्दीमा टेक्निकल समिनार सुरु

233
Friendship Mobile

सर्लाहीको लालबन्दीमा सोमवारबाट आईटिएफ खेलाडिहरुका लागी टेक्निकल समिनार सुरु भएको छ । लोकतान्त्रीक तेक्वान्दो डोजाङ लालबन्दी सर्लाहीको आयोजनामा सेमिनार सुरु भएको हो ।

सेमिनारमा तेक्वान्दो खेलाडिहरुका लागी अरुलाई कसरि जित्ने, कहाँ किक हान्दा कति नम्बर आउँछ, कसरि आफुलाई बचाउने लगाएतका टेक्निकल टेक्निकहरु सिकाईने आयोजक क्लवका अध्यक्ष एवं नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव प्रभु नारायण शिवाकोटि (श्याम) ले जानकारि दिनुभयो ।

उहाँका अनुसार सोमवार लालबन्दी नगरपालीका वडा नम्बर ५ को सभाहलमा कार्यक्रमको उद्घाटन गरिएको छ । लोकतान्त्रीक तेक्वान्दो डोजाङ लालबन्दीका अध्यक्ष सिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष मोहन भण्डारिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्य पवीत्रा गौतम, नेकपा एमाले ५ नम्बर वडा कमिटि सह–सचिव गायत्री थापा, एमाले नेता आभुषण चौलागाईं लगाएतको आतिथ्यता रहेको थियो । सेमिनारमा आईटिएफ प्रदेश २ अध्यक्ष अञ्जना सिवाकोटी, ईश्वरपुरका आईटिएफ तेक्वान्दोका रामनाथ महतो, विबेक लुंगेली, सुवास चौधरि, बिकाश साह प्रशिक्षक रहेका छन । टेक्निकल समिनार यहि कार्तिक २६ गत्तेसम्म चल्ने छ ।