सर्लाही प्रहरिद्वारा १ लाख बढिको पटाका नष्ट

227
Friendship Mobile

सर्लाही प्रहरिले १ लाख ११ हजार बराबरको बिभिन्न नामको पटाका बरामद गरि मंगलवार नष्ट गरेको छ ।

जिल्ला प्रहरि कार्यालय अन्तर्गतका बिभिन्न युनिटबाट खटिएको प्रहरिको टोलीले नागेनी, रकेट, चक्कर, छुरछुरि, फुलझरि लगाएतका पटाका बरामद गरि जिल्ला प्रहरि कार्यालयमा बुझाएकोमा कार्यालयले नष्ट गरेको हो ।

जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत एवं प्रहरि नायव उपरिक्षक माधव बुडाथोकीका अनुसार करिव १ लाख ११ हजार बराबरको बिभिन्न नामका पटाका कार्यालय प्रांगणमा स्थानिय जनप्रतिनिधि एवं सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।