माओवादी केन्द्र लालबन्दी १० को वडा भेला सम्पन्न

318
Friendship Mobile

नेकपा माओवादी केन्द्र लालबन्दीको वडा भेला मंगलवार सम्पन्न भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १० को वडा भेला पुर्व वडा पार्टीअध्यक्ष भोला आले मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलामा नेकपा माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुडाथोकीको प्रमुख आतिथ्यता रहेका थिए भने लुमणि धिताल (लोचन), मनिष माझि, शन्देस श्रेष्ठ, ज्ञान बहादुर थापा, लेखराम जर्गा मगर, राज श्रेष्ठ, दिपक लामा, श्याम श्रेष्ठ, केदार काफ्ले, शुक्र लामा, राम पुकार महतो, अच्युतम प्रसाद खतिवडा लगाएतका माओवादीका स्थानिय नेताहरुको सहभागीता रहेको थियो ।

भेलाले भोला आले मगरको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटि गठन गरेको छ ।

कमिटिका अन्य पदाधिकारिहरुमा गीता माझि सचिव र अन्य २७ जना सदस्य रहेका छन ।