आमुल परिवर्तन मशिह पार्टी नेपालको सर्लाही जिल्ला कमिटि गठन

224
Friendship Mobile

सर्लाही : आमुल परिवर्तन मशिह पार्टी नेपालको जिल्ला कमिटि गठन गरिएको छ । बुधवार लालबन्दी नगरपालीकाको वडा नम्बर ८ मा एक कार्यक्रम गरि पार्टीको जिल्ला कमिटि बिस्तार गरिएको हो ।

सुरेन्द्र राउतको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कमिटि चयन गरिएको पार्टीले जानकारि दिएको छ ।

नवगठिन कमिटिको उपाध्यक्षमा बिना मगर, कोषाध्यक्षमा लिला मगर, सचिवमा डोर बहादुर बुडाथोकी, सह–सचिवमा मान बहादुर बलम्पाकी लगाएत चयन भएका छन ।

पार्टीको केन्द्रिय अध्यक्ष भरत गीरिको प्रमुख आतिथ्यतामा भएको भेलाले जिल्लामा जिल्ला कमिटी बिस्तार गरेको हो ।