चोरि भएको मोटरसाईकल २ घण्टाभित्र चोर सहित प्रहरिको नियन्त्रणमा

258
Friendship Mobile

सर्लाही | मलंगवामा चोरि भएको मोटरसाईकल प्रहरिले २ घण्टाभित्र चोरि गर्ने ब्यक्ति सहित नियन्त्रणमा लिएको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणमा रहेको रातो रंगको प्यासन प्रो मोटरसाईकल शनिवार राती पौने ८ बजेको समयमा चोरि भएको थियो ।

मोटरसाईकल चोरि भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरि कार्यालय तथा मातहतका सबै प्रहरि युनिटलाई खबर गरि खोजतलासलाई तिब्र पारिएको र मोटरसाईकल र चोरि गर्ने ब्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरी निरिक्षक कृष्ण गीरिले जानकारि दिए ।

खोजतलासका क्रममा बिश्वकर्मा चोकमा मोटरसाईकल देखिएपछि प्रहरिले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाईकलले प्रहरिलाई ठक्कर दिई भागेको थियो । प्रहरिले ५०० मिटरसम्म लखेटेर सो मोटरसाईकल र चोरि गर्ने मलंगवा नगरपालीका ३ बस्ने १९ बर्षिय बोसिम अन्सारिलाई नियन्त्रणमा लिन सफल भएको प्रहरि निरिक्षक गीरिले बताए ।

मोटरसाईकल नियन्त्रणमा लिने क्रममा ड्युटिमा खटिएका प्रहरि जवानको खुट्टामा सामान्य चोट लागेको थियो ।

मोटरसाईकल र चोरि गर्ने अन्सारिलाई प्रहरिले नियन्त्रणमा लिएर राखेको छ ।